• २०७७ कार्तिक १३ गते बिहिवार

केरला विमान दुर्घटनामा मृतकको संख्या १८ पुग्यो

भारतको केरला राज्यमा शुक्रबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ।

दुई टुक्रा हुनेगरी एयर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको भारतीय संचारमाध्मयले जनाएका छन्।

संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रवार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो।

विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए। उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटनामा परेको उड्डयन अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस