• २०७७ कार्तिक ८ गते शनिवार

वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनीलाई कोरोना संक्रमण

वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन्।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले शुक्रबार दिउँसो सामाजिक सन्जालमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका हुन्।

उनले कोरोना संक्रमण हुनबाट जोगिन नसकेको भन्दै दुर्भाग्यबस संक्रमित हुनुपरेकाे बताएका छन्।

उनले हाल आफ्नै घरमा आइसोलेसनमा बसेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस