• २०७७ कार्तिक १० गते सोमवार

सुशान्तका पूर्वसहयोगी भन्छन्,- “यो आत्महत्या होइन! हत्या नै हो!”

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणपछि बिभिन्न नयाँनयाँ खुलासाहरु हुने क्रम जारी छ। उनका पूर्वसहयोगी अंकित आचार्यले सुशान्तको आत्महत्या नभई हत्या भएको दाबी गरेका छन्।

सुशान्तबारे पूर्वसहयोगी अंकितले एक अन्तर्वार्तामा नयाँ खुलासा समेत गरेका छन्। उनले भनेका छन्, ‘भैयाको हत्या कुकुर बाध्ने बेल्टले गरियो। म सुशान्त सरलाई राम्रोसँग चिन्छु। यो आत्महत्या होइन। हत्या नै हो भन्ने मेरो विश्वास छ।’

उनले थपे, ‘मैले धेरै पटक सुशान्त सरको मृत शरिरका तस्वीरहरु हेरेको छु। म यो भन्न सक्छु कि, आफ्नै कुकुरको बेल्ट प्रयोग गरेर उनको हत्या नै गरिएको हो।’

‘आत्महत्या गरेका व्यक्तिको आँखा र जिब्रो बाहिर बाहिर निस्कन्छ। तर, यो सुशान्त भैयाको मृत शरिरमा देखिएन। त्यसैले सुशान्तले आफै झुण्ड्एिर आत्महत्या गरेका हुन् भन्ने म ठान्दिनँ,’ अंकितले भने।

अंकितलाई केही दिन अघि मात्रै सीबीआईले सुशान्त प्रकरणमा बयान लिएको थियो।

सीबीआईले लिएको बयानमा समेत उनले खुशी जनाएका छन्। सुशान्तका अपराधीहरुलाई कडा सजाय दिनुपर्नेमा अंकितले जोड दिएका छन्।

उनी भन्छन्, ‘वास्तवमा ती अपराधीलाई मृत्युदण्ड हुनुपर्छ। म गहन छानबिन चाहन्छु। आशा छ सुशान्त सरले न्याय पाउँनेछन्।’

प्रतिक्रिया दिनुहोस