• २०७७ कार्तिक ९ गते आइतवार

केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिनु हुँदैन !

नेकपा पार्टी भित्रको खिचातानी ले गर्दा आम पार्टी कार्यकर्ता निरास छन्। नेताहरुलाई मतलब छैन उल्टै पार्टी फुट्नसक्छ तयार भयर बस्न कार्यकर्ता लाई सन्देश पठाउँछन्।

कहिँ नभाको जात्रा हाणीगाऊमा भने जस्तै बेमौसमि बाजा बजाउन बन्द गरौ नेता ज्युहरु जनता आजिद भैसके, कोरोना भोकमरी पिडा र हिंसा आम जनता लडिराखेका बेला देश र जनता का सवाल मा कसरी सोच्ने जनतालाइ कसरी राहत दिने भनेर रातदिन सोच्ने बेला पार्टी भित्रकै खिचातानीले गर्दा कोहिपनि खुसि छैनन खुसि छन त – राष्ट्रियता बिरोधी, खुसी छन्। हाम्रो देशमा असान्ति मच्चायर बिदेशीको दुनो सोज्याउने तत्व मात्रै त्यसैले पार्टी कार्यकर्ताले खुनपसिना एक गरेर जनता का दुःख–सुखमा रातदिन पसिना बगायका कारण आज हामी यो ठाउँमा छौ।

त्यसैले आम जनता र कार्यकर्तालाई निरास नबनाउन सम्पुर्ण नेतागणहरुमा आग्रह र अपिल छ र नेताहरुलाइ सद्दबुद्दि आवस। प्रधानमन्त्री पद केपी ओलीलाई कसैले किस्तिमा ल्यायर सजाएर दिएको होईन – जो हरेक बेला राजिनामा दे राजिनामा दे भन्नलाई केपी ओलीको टाउको देखाएर अस्थिर सरकारको अन्त्य गरौ ५ बर्षका लागी स्थायी सरकार बनाउ भनेर जनताले ५ बर्षका लागी चुनेर पठाएका हुन र पार्टी अध्यक्ष महाधिवेशनबाट चुनिएर आउनु भएको हो कसैलाई लहड लागेकै भरमा प्रधानमन्त्री र पार्टी अध्यक्ष बाट राजिनामा दिनु उपयुक्त होईन र दिनु पनि हुदैन।

त्यसैले सम्पुर्ण नेताज्यु हरु एकपल्ट गम्भिर भएर सोचौ देश र जनतालाई सिरमा राखेर चुनावमा गरियका बाचा सोचौ के हामिले पार्टी फोड्यौ भने ति बाचा साच्चिकै पुरा हालान ?

प्रतिक्रिया दिनुहोस