• २०७७ कार्तिक ४ गते मङ्गलवार

कोरोना स‌क्रमित बढेपछि राष्ट्रपति भण्डारी चिन्तित

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छन् । शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीसँग भेट गरेकी उनले कोरोना रोकथामका लागि निर्देशन र मापदण्ड पालना गर्नुपर्ने बताइन् ।

महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको भन्दै राष्ट्रपति भण्डारीले बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायका श्रमिकले रोजगारी गुमाउनुपरेकामा चिन्ता व्यक्त गरिन् ।

उपप्रधानमन्त्री पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराएका राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस