भारतको पुणेमा कोरोना संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ।
पारिवारिक स्रोतका अनुसार मृत्यु हुने भीमलाल रेग्मी स्याङजा वालिङ निवासी हुन्। उनको पुणे स्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। होटलमा काम गरिरहेका उनीलाई केहि दिन अघि मात्रै अस्पताल भर्ना गरिएको थियो।
महाराष्ट्र भारतको सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो। यहाँ प्रवासी नेपालीहरुको समेत बाक्लो बसोबास रहेको छ।
भारतकाा बिभिन्न शहरहरुमा नेपालीहरुले कोरोनाबाट ज्यान गुमाएपनि अहिलेसम्म आधिकारिक तंथ्याङक बाहिर आउँन सकेको छैन। यस बिषयमा भारतका लागि नेपाली दूतावास कार्यालय दिल्लीलाई सम्पर्क गर्न खोज्दा फोन उठेन।