पार्टीभित्र बढ्दो असमझदारीका बीचमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘लाज जोगाउनुस्’ भन्दै ट्वीट गरेका छन्।
श्रेष्ठलाई ‘मेन्सन’ नै गरेर रिमालले ‘विधि र पद्धतिको नक्कली गीत’ गाएको आरोप लगाएका छन्।
‘कम से कम पार्टी प्रवक्ताको लाज त जोगाउनुस्,’ रिमालले भनेका छन्।
रिमालले श्रेष्ठलाई विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक बनेको आरोप लगाएका छन्।
‘पार्टी एकताविरुद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस्,’ रिमालले भनेका छन्, ‘मुलुक संवेदनशील मोडमा छ, महसुस होस्।’
नेपाल कम्युनिष्ट पार्टीभित्र लामो समयदेखि प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिरहेका छन्। दुई अध्यक्षबीच सोही विषयमा चलेको संवाद पनि अहिले टुटेका बेला रिमालले यस्तो ट्वीट गरेका हुन्।