चिनियाँ राजदूत होउ यान्छीले संकटका बेला चीनले नेपाललाई गरेको सहयोगको स्मरण गरेकी छन्।
बिहीबार ट्वीट गर्दै यान्छीले भूकम्प, बाढीपहिरो, इन्धन अभाव र कोरोनाको महामारीसँग लड्न चीनले नेपाललाई सहयोग गरेको स्मरण गरेकी हुन्।
उनले नेपाल र चीनबीचको सम्बन्ध छिमेकी र मित्रवत् मात्र नभई दिदीबहिनी र दाजुभाइको जस्तो भएको उल्लेख गरेकी छन्।
राजदूत यान्छीले नेपाल-चीनबीचकाे सम्बन्ध कसैले हल्लाउन नसक्ने समेत बताएकी छन्।
China and Nepal are not only friends and neighbours, but also brothers and sisters. Earthquakes, floods, fuel crisis, COVID-19, no matter what happens, we will always share weal and woe together. This time-tested friendship is unshakable! #ChinaNepal65 pic.twitter.com/q3WvQg5SfV
— Ambassador Hou Yanqi (@PRCAmbNepal) August 6, 2020