• २०७७ कार्तिक १३ गते बिहिवार

कथा: कमरेडको कहाली लाग्दो जीवन !

कुरो सन २०२० भारतको आर्थिक राजधानी मुम्बई तिरको हो । मुम्बईको सबैभन्दा केन्द्र पर्ने स्थान अथवा रेल्वे स्टेसन दादरमा म कोठामा जानको लागि पुग्छु । त्यस्तै एक जना नेपाली महिला आफ्नो दैनिकी कार्य गरेर कोठामा जानको लागि रेलको प्रतीक्षामा त्यही स्टेसनको प्लेटफार्ममा उभिएकी हुन्छन् । देख्दा हसिलो मुहार नेपाली महिला भनेर टाढै बाट चिनिने गोहरो रंग अनि सानासाना आँखा भएकी उनिलाई जो कोहिले पनि नेपाली महिला हो भनेर छुटयाउन समय नै लाग्दैनथ्यो । रेल बाट ओर्लिने बित्तिकै मेरो नजर पनि कताकता उनमै पर्न पुग्छ । स्टेसनमा उत्तिकै मान्छेहरुको भिडभाड थियो खुट्टा राख्न समेत धौ धौ थियो । त्यति मान्छेको बिचमा उनलाई देख्न र भेट्न पाउनु अनि जिन्दगीका बिबिध बिषय माथी छलफल गर्न पाउनु सायद मेरो ठुलो अवसर थियो होला ।

प्रवासको ठाँउमा नेपाली भनेपछि उत्तिकै खुशी तथा हर्ष उमंग लाग्छ । मैले उनलाई देखि सकेपछि नबोलेर बस्न सकिन । उनितिर हेरेर नमस्कार हजुर भन्न पुगेछु । उनले पनि अलि अक्कमक्क परेर मिठो अनि लामो स्वरमा नमस्कार फर्काईन । अनि बिस्तारै एक पछि अर्को कुरोहरु लगायत परिचय गर्न सुरु गर्यौ । उनको कोठा जान त्यो ठाँउ बाट जम्मा हिडेर १५ मिनेट समय लाग्ने रहेछ । मैले फेरि उनलाई प्रस्ताव गरे मिस समय पनि छदै छ हिट्नुहोस स्टेसन भन्दा बाहिर जाउ चिया कफि गरौला भनिसकेपछी उनले पनि नकार्न सकिनन।हामी स्टेसन बाहिर केही दुरिमा रहेको कफि सपमा पुग्छौ र दुई वटा फुल कफिको अर्डर गर्दै टेबुलमा बस्छौ ।

मैले परिचय मात्र गरेर बस्न सकिन उनको र आफ्नो स्वदेश बाट बिदेश सम्म पुग्दाको कारण दुख पिडाहरु खोतल्ने प्रयास गरे । थुप्रै कुराहरु गर्दै जादा उनले लामो सास फेर्दै भनिन सर मेरो जिन्दगीको कहानी लामो छ सायद तपाईं लाई बिश्वास नलाग्न सक्छ तर म स्वयं त्यसको एउटा् पात्र हु । उनी दस बर्षे जनयुद्ध कालमा जनमुक्ति सेनामा रहेर काम गरेकी रहिछन् । म जनमुक्ति सेनामा थिए देशमा गणतन्त्र अनि लोकतन्त्र ल्याउनको लागि युद्धको मैदानमा हत्केलामा ज्यान राख्दै दुश्मन संग लड्न मलाई कुनै हिच्किचावट थिएन। धेरै ठाँउमा युद्ध पनि लडियो । तर आज देशको किचिलो राजनीतिका कारण र हिजो सर्वहारा बर्गको लागि भनेर जनयुद्ध होम्याउने कमरेडको गद्वारिले गर्दा म मात्र होईन म जस्ता हजारौं जनमुक्ति सेनाका कमरेडहरु बिदेशको चर्को घाममा पसिना चुहाउन बाध्य छन् । उनले यति भन्दै गर्दा म कताकता भाव्बिल भए । मनमा अनेकौं कुराहरुले मलाई घच्घच्याई रहयो मैले त्यति छिटो उनको कहानिको प्रती उत्तर नै दिन सकेन । म केही बेर सोच्दै बसे । उनको जनयुद्धको नाम आस्था रहेछ ।केही बेरको लामो सोचाई पछि मैले फेरि उनको जिन्दगीमा घटेका प्रत्यक्ष अप्रत्यक्ष घटनाहरु बारे अझै जान्न चाहे ।

मैले कुरो तेर्साए कमरेड आस्था तपाईंले दस बर्षे जनयुद्धमा ठुलो योगदान दिनु भएको छ।शान्ति सम्झौता पश्ताप तपाईंको पार्टी माओवादीका शिर्ष नेताहरु सत्तामा छन् तर तपाईं लगायत लोकतन्त्र र गणतन्त्रको लागि तप तपस्या गर्ने जनमुक्ति सेनाका कमरेडहरु आज बिदेशमा पसिना बगाउनु परेको छ ।के तपाईंको युद्ध यसकै लागि थियो त कमरेड आस्था रु उनले लामो सास फेर्दै मेरो प्रश्नको उत्तर दिने प्रयास गरिन । कमरेड करन १ उनको आँखा बाट आशुका थोपाहरु झर्न तमतयार भैसकेका थिए । त्यति हसिलो मुहार कताकता कालोमा परिवर्तन हुन पुगेछ । उनले भनिन कमरेड बि स २०५७ साल देखि म नेपाली जनता माथिको अन्याय अत्याचार दमन मिचाहा प्रवृत्तिको अन्त्य तथा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि काधमा बन्दुक बोकेर जनयुद्धमा होमिएकि थिए । खाली भोको पेट जंगलको बाँस खुट्टामा काडा अनि ढुंगाका कणहरु चस्याक्क बिजाएको अनुभव होस चाहे सरकार पक्षका नेपाली सेना तथा प्रहरी संगको दोहोरो भिडन्तमा ज्यान हत्केलामा राख्दै छाती ताकिताकी बन्दुकका गोलिका आवाजले कानै नसुन्ने गरि लडेको युद्धको अनुभव होस अथवा नेपाली जनताको लागि आफुले कसम खाएर युद्धको मैदानमा होमिदै थुप्रै घटना परिघटनाहरु लाई छिचोल्दै सास रहुन्जेल सम्म यो ज्यान युद्धको लागि तयार हुने खाएका कसमहरु हुन म संग अहिले पनि जिउदै छन् ।

कमरेड जब नेपालमा १० बर्षे माओवादी जनयुद्ध शान्ति सम्झौता तिर मोडिदै थियो तब तब हामिले राहतको सास फेरेका थियौ । शान्ति सम्झौता हुन्छ हामिले देखेको सपनाहरू पूरा हुने भए नेपाली जनताको लागि गरेको तपस्याले अब त केही परिवर्तन हुन्छ देशको मुहार फेरिन्छ गरिब निमुखा जनताको लागि ठुलो अवसर हुने छ हामिहरुले जनयुद्ध दिएको योगदान लाई पार्टीले कदर सम्मान गर्दै कामको मुल्यांकन गर्दै हाम्रो ब्यबस्थापन जनयुद्ध ज्यान गुमाएका जनमुक्ति सेनाका परिवार लाई उचित क्षतिपूर्ति बेपत्ता पारिएकाहरुको लागि खोजिकार्य तथा घाईते अपाङ्ग हुनु पर्छ भन्ने हाम्रो परिकल्पना थियो । तर त्यो सपना केही मात्रामा पूरा भए पनि अझै म जस्ता थुप्रै कमरेडहरु यस बाट बन्चित छौ।माओवादी पार्टी र अन्य पार्टी तथा पक्ष संग भएको सम्झौताले अर्कै मोड लियो ।

जनयुद्धमा ज्यानको प्रभाव नगरी देशको लागि सहिद हुन पनि तयार भएर होमिएका म जस्ता हजारौं जनमुक्ति सेनाहरुले केवल आफ्नो जिन्दगी कालो कोठरिमा धकेल्न पुगेछौ । उनको यो मर्मस्पर्शी कहानी सुनेर मेरो आखाहरु रसाई सकेका थिए ।म झसङ्ग भए मेरो मन छियाछिया हुँदै थियो । मैले मेरो आखाका झर्न तम तयार आशुहरु निल्दै सकि न सकि उनले गरेको कुराको जवाफ फर्काउन अनि बिश्लेण गर्न म संग कुनै शब्द नै थिएन। मैले गहकिलो र नरम स्वरमा भने कमरेड आस्था धैर्य रहनुहोस आफुलाई भाग्यमानी सम्झिनुहोस हिम्मत नहार्नुहोस तपाईंले नेपाली जनता र देशको लागि दिनु भएको योगदान जुनिजुनी सम्म जिउदै रहने छ।मैले थपे हिजो सर्वहारा गरिब दुखी निमुखा जनताको मुक्तिको लागि भन्दै लडाईएको जनयुद्ध अहिले केवल हुने खाने र ठुला ठालाहरुको सत्ता स्वार्थ हालीमुहाली नाताबाद र कृपाबादमा समेटिएको छ।तपाईं जस्ता हजारौं नेपाल आमाका सन्तानले जनयुद्धमा ठुलो भुमिका निभाएर गणतन्त्र र लोकतन्त्र बहालिमा अविस्मरणीय योगदान दिनु भएको उदाहरणहरु ज्वलन्त छन् ।

तपाईंको पार्टी र माओवादी नेताहरूले तपाईंको देन लाई सम्मान गर्न नसके पनि नेपाली जनताले सदैब मुल्यांकन गर्ने छन् । मैले पूरा कुराहरु टुङग्याउन नपाउदै उनले अझै थपिन कमरेड करन कुनै कुनै बेला त मैले आफुलाई निकै भाग्यमानी सम्झिन्छु । जनमुक्ति सेनामा हुदा थुप्रै युद्ध लडे विभिन्न कालखण्डमा यो ज्यान लाई तहसनहस हुन बाट जोगाउन सफल भए युद्धको मैदानमा होमिदै गर्दा अथवा लडाई लड्दा सामान्य चोटपटक अथवा घाउ हुनु स्वभाबिक हो । भगवानको आश्रीबाद भनौ अथवा तपाईंहरुको माया दयाले जनयुद्धदेखि आज सम्म म सुरक्षित छु । तर बिडम्बना शान्ति सम्झौता पश्ताप जनमुक्ति सेनाबाट नेपाली सेनाको लागि छनौट गरिएको प्रक्रियामा अयोग्य ठहरिएर आज बिदेशको मरुभूमिमा पसिना चुहाए पनि आनन्द संग एक गाँस खान एक बाँस बस्न पाएकी छु । म संगै जनयुद्धमा लडाई लडेका थुप्रै कमरेडहरु कोहि अपाङ्ग भए कसैले हात गुमाए कसैले सुन्ने कान नै गुमाए कसैका गोलि र बारुदका कणहरुले आँखाको नजर गुमाउनु पर्यो तर म एकदम ठिक छु ।

उनको यो गर्वको कुरो सुन्दा म अलि उत्साहित भए र उनको थप कुरोहरु सुनिरहे । उनले आफुले लगाएको बायाँ हातको कपडा माथी गर्दै जनयुद्धकालमा गोलि लागेर सानो मासुको चोक्टा गएको निशान देखाउदै भनिन मेरो जनयुद्धको छाप यति मात्र हो अरु केही छैन म पुर्ण रुपले शारीरिक रूपमा स्वस्थ छु । मेरो मनमा थुप्रै कुरोहरु खेलिरहे । किनकि उनले सुनाएको कथा संग कताकता मेरो जिन्दगीको कहानीले पनि मेल खाने थियो । म विद्यार्थी जिवनमा स्कुल पढ्दै गर्दा घर देखि स्कुल डेरा र बाटोघाटोमा जता भेटायो उतै छोपेर आफू संग हिड्न जबर्जस्ति गरेका कुरोहरु निकै याद आयो।म बस्ने डेरामा राती राती आएर डर धम्की त्रास र दादागिरी गर्ने जस्ता कार्यहरुले नै म लगायत थुप्रै साथिहरु स्कुलको पढाई छोडेर बिदेश जान बाध्य भएका थियौ। मेरो जिवनको त्यो कथा बाट मैले आफ्नो जिन्दगी प्रतिको दु:ख, पीडा बाध्यता र भोगाई लाई राम्रो संग झेल्ने मौका पाएको थिए ।

मैले अगाडि थपे कमरेड आस्था, हाम्रो देशको उथलपुथल राजनीति गर्दा नै आज हामी जस्ता ६० लाख देश प्रेमी युवायुवतीहरु अर्काको देशमा पसिना चुहाउन बाध्य छौ।नेपालको राजनीति ईतिहासलाई हेर्ने हो भने थुप्रै परिवर्तनहरु भए तर ठुलाठाला र हुने खानेहरुका लागि मात्र सिमित भए । गरिब निमुखा सर्वहारा जनताहरुका दुख समस्या पीडा ज्युका त्यु रहे । नेपाली गरिब जनता सर्वहारा बर्गको टाउकोमा टेकेर सत्ता प्राप्त गर्नेहरुले एक पटक सोच्नै पर्छ । आफ्नो देशमा रोजगार नपाएर बिदेशको मरुभूमिमा पसिना चुहाउने ६० लाख नेपाली युवायुवतीहरु स्वदेशमा रोजगारीको ब्यबस्था जनयुद्धमा सहिद भएका परिवारहरु उचित क्षतिपूर्ति जनयुद्धकालमा शारीरिक रूपमा घाईते भएकाहरु लाई उचित ब्यबस्थापन तथा बेपत्ताहरुको खोजी कार्य गरियोस । यो माग हाम्रो मात्र होईन लाखौ युवायुवतीहरुको हो । जिन्दगीका लामो कालखण्डमा घटेका प्रीय तथा अप्रीय घटनाहरुको कहानी त्यो दिनको लागि समाप्त हुन्छ । अर्को बिदाको दिन भेट्ने प्रण गर्दै मिठा तिता जिन्दगीका भोगाईहरुको कथाहरुको अनुभव लाई थाती राख्दै हामी छुटिन्छौ ।

यो कथा कसैसँग मेल खान गएमा केवल संयोग मात्र हुने छ ।

प्रतिक्रिया दिनुहोस