• २०७७ कार्तिक १३ गते बिहिवार

नेपालमा थप ५ काेराेना संक्रमितकाे मृत्यु

नेपालमा थप ५ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। याेसँगै काेराेना संक्रमणबाट मर्नेकाे संख्या ६५ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार माेरङमा २, सप्तरीमा १ र  काठमाडाैंमा २ जनाकाे मृत्यु भएकाे हाे।

बुधबार विराटनगर ९ गुद्रि र रंगेली ८ का पुरुष को मृत्यु भएको छ। दुवैजना ४५ वर्षीय हुन्। स्वासप्रश्वासको समस्या भएका विराटनगरका पुरुषको कोसी अस्पतालमा र रंगेलीका पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण देखिएको थियो।

स्थानीहरुका अनुसार रंगेलीका ती पुरुषले हिजो दिनभर माछा मारेका थिए र बेलुका रक्सि पिएर सुतेका थिए। राति नै स्वास्थ्यमा समस्या आएपछि कोशी अस्पताल लगिएको थियो।

यता गुद्रिका पुरुषमा मधुमेह र लिभर सम्बन्धी रोगबाट पीडित रहेका थिए।

यता काठमाडाैंमा दुई काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु भएको हाे.

सर्लाही जिल्लाको मलंगवा ६ निवासी ६५ वर्षीया ती महिला सर्लाहीबाट ज्वरो र निमोनियाको समस्याबाट ग्रस्त भइ रिफर भएर साउन १६ गते स्वयम्बुस्थित मनमोहन अस्पताल भर्ना भएकी थिइन्।

त्यहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो।उपचारकैक्रममा स्वाब संकलन गरेर परीक्षण गर्दा १८ गते कोरोना पुष्टि भएको थियाे

स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन १९ गते उनलाई प्रहरी अस्पताल भर्ना गराइएको थियाे।

यस्तै ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका १० लालगढकी ७२ वर्षीया महिलाकाे मृत्यु भएकाे छ। दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो ।

१७ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा बुधबार मृत्यु भएको हाे।

यता सप्तरीमा बुधबार मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।

रुपनी गाउँपालिका ५ स्थित गढियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हाे। उनी मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए।

मंगलबार साँझ ज्वरो आउनुका साथै श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो।

थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो। तर बाटोमै मृत्यु भएकाे हाे। मृत्युपछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको हाे।

यता राजविराजस्थित छिन्नमस्तामा पनि उस्तै प्रकृतिकाे दुई जनाकाे मृत्यु भएकाे छ। श्वास फेर्न गाह्रो भएपछिडाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्धलाई साउन १५ गते उपचार लागि अस्पताल भर्ना गरिएकाे थियाे।

उनीहरुमा भने कोरोना संक्रमण देखिएन।

प्रतिक्रिया दिनुहोस