आन्तरिक संकटमा नराम्रोसँग रुमल्लिएको सत्तासिन नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधान हुने संकेत नदेखिएका बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–नेपाल पक्षलाई निशाना बनाएका छन् ।
ओलीले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा दिने पर्ने अडान राख्दै आएका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पदीय स्वार्थका लागि चलखेल गरेको आरोप थापाले सामाजिक सञ्जाल मार्फत लगाएका हुन् ।
उनले झलनाथ खनाललाई राष्ट्रपति, प्रचण्डलाई प्रधानमन्त्री, नेपाललाई पार्टी अध्यक्ष तथा नारायणकाजी श्रेष्ठ प्रकाशलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउनका लागि ‘खुमलटार गठबन्धनको रिहर्सल’ भएको आरोप सामाजिक सञ्जाल मार्फत लगाएका हुन् ।