• २०७७ कार्तिक ९ गते आइतवार

भारतमा १३ लाख २७ हजार २०० जना कोरोना संक्रमणमुक्त

भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार नाघेको छ । बिहीबारसम्म भारतमा थप ५६ हजार ६२६ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार २३९ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १३ लाख २७ हजार २०० जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ९५ हजार ३०० जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ९१९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४० हजार ७३९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस