• २०७७ कार्तिक ६ गते बिहिवार

अब नेकपा विघटन हुने खतरा बढ्यो – नारायणकाजी श्रेष्ठ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी पूरै निष्क्रिय, अकर्मण्य, गतिहीन भएकाले विघटन र विसर्जनको दिशातिर जाने खतरा रहेको बताएका छन्।

प्रचण्ड र माधव नेपाल पक्षका शीर्ष नेताहरुले आज राजधानीको एक कलेजमा आयोजना गरेको भेलामा उनले पार्टीभित्रको विवादको सारतत्व मार्क्सवादी लेनिनवादी विचार, दृष्टिकोण र सिद्धान्तलाई पक्डेर जाने कि ट्रेडमार्क जस्तो मात्रै राखिरहने भन्ने भएको बताए। ‘विवादको सारतत्व त्यहाँ छ’, उनले भने, ‘कम्युनिस्ट पार्टी हाम्रो ट्रेडमार्क हो, ट्रेडमार्कको रुपमा मात्रै रहन्छ कि कम्युनिस्ट पार्टीकै रुपमा बनाउने?’

उनले पार्टी र सरकार विचार नीतिको आधारमा नचलेको बताए। उनले राजनीतिक दस्तावेज पार्टीलाई मतलब नभएको र सरकारले पनि पार्टीको सैद्धान्तिक राजनीतिक लाइन र कार्यक्रमका साथै घोषणापत्रलाई समेत वास्ता नगरेको बताए।

प्रतिक्रिया दिनुहोस