नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी बैठकबाट भागेर गम्भीर गल्ती गर्दै गएको निस्कर्ष वरिष्ठ नेता माधवकुमार नेपालले निकालेका छन् ।
पार्टी अध्यक्ष ओली अल्पमतमा परेपछि स्थायी कमिटीको बैठक ‘जिएछि न मरेछी हुकुर हुकर गरेछि’ को अबस्थामा पुगेको छ ।
नेता नेपालले ‘बैठकदेखि डराउने नेता र पानीदेखि डराउने किसान काम नलाग्ने’ बताउँदै नेता नेपालले विधि र पद्धतिमा चले सवै समस्या सामधान हुने बताए ।
‘योग्यता, क्षमता र अनुभवका आधारमा पार्टी र सरकार चल्नुपर्दथ्यो’ नेता नेपालले भने ‘तर यहाँ भ्रष्टलाई संरक्षण, गुटकालाई नियुक्तिमा सरकार रमाएको छ । तीन महिनामा सकिने पार्टी एकताको काम अझै सकिएको छैन । यतिसम्मकि पोलिटब्यूरो समेत गठन हुन सकेन ।’ विधि र पद्धति नबनाएका कारण पार्टी एकताले पूर्णता नपाएको नेता नेपालले बताए ।