भविष्य वर्तमानबाट कोसौँ दूर भयो
सिरानीका सपना टुटेर चकनाचूर भयो
कसलाई थाहा थियो! यात्राले साथ छोड्छ भन्ने
कठै! अन्योलमा परेको यात्री मजबूर भयो
किन जिस्काउँछ जिन्दगीलाई प्रेम र धोकाले
बत्तीमा हाम्फाल्ने पुतली कै ठूलो कसूर भयो
डर लाग्न थाल्यो प्रिय! रहरहरु कोर्न पनि
दबिएको भाग्य रेखा! फुट्न नसक्ने अङ्कुर भयो।।
– गजल