• २०७७ कार्तिक ६ गते बिहिवार

नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने चर्चाले भारतमा हल्लीखल्ली

भारतद्धारा अतिक्रमित नेपाली भूमि सहितको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने चर्चासँगै भारतमा हल्लीखल्ली सुरु भएको छ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा युनाइटेड नेशन र गुगललाई पठाउने तयारी गरिरहेको भूमि मन्त्रालय स्रोतले जानकारी दिएको छ। पछिल्लो समय नेपालले गर्ने हरेक गतिबिधिलाई चीनसँग जोड्ने भारतीय मिडिया, नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने विषय पनि चिनियाँ चालको रुपमा चित्रण गर्न थालेका छन्।

भारतीय मिडिया जागरणले नेपालले जारी गरेको नयाँ नक्सामा भारतीय क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो हिस्साको रूपमा राखेको उल्लेख गरेको छ। भारतले नेपालकोनयाँ नक्सालाई अस्वीकार गरेको समेत लेखेको छ।

नेपालको यो एकपक्षीय काम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको जागरणको दाबी छ। सीमा समाधान गर्ने कुरामा नेपालले दुई पक्षीय उल्लंघन गरेको गरेको र सन् १९४७ मा नेपाल, भारत र ब्रिटेन बीच भएको त्रिपक्षीय सम्झौताको समीक्षा जरुरत भएको समाचार छ।

प्रतिक्रिया दिनुहोस