• २०७७ कार्तिक १२ गते बुधवार

केपी शर्मा ओली पाँच वर्षसम्मै प्रधानमन्त्री : मुख्यमन्त्री गुरुङ

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन नहुने बताएका छन् । शनिबार नवलपरासी पूर्वको कावासोती आएका गुरुङले पत्रकारहरूसँग कुरा गर्दै ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाउन जनताले म्यान्डेट दिएको बताए ।

गुरुङले पार्टीभित्र आन्तरिक विवाद रहेको, तर वैचारिक विवाद नभई जुँगाको लडाइँ मात्रै भएको टिप्पणी गरे । व्यक्तिगत रूपमा चार ‘ल’ (ओली, दाहाल, नेपाल, खनाल) ले पार्टीलाई सताएको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस