• २०७७ कार्तिक ९ गते आइतवार

ज्योती मगरको तीज गीत, ‘भ्रष्ट्राचारीलाई मुत्नेगरी हान’ (भिडियो)

नेपाली महिलाहरुको महान पर्व तीज नजिक आउँदै गर्दा नेपाली सांगेतिक बजारमा अहिले तीजका गीतहरु छ्याप्छ्याप्ती आउन थालेका छन् ।

यो बीचमा चर्चित गायिका ज्योती मगरका पनि अहिलेसम्म तीन वटा गीत बजारमा आएका छन् । विगतमा वर्षहरुको भन्दा यसपटक उनले अलिक फरक खालका गीतहरुमा आवाज दिएकी छिन् ।

गायिका मगर र गायक तिलक वलीको स्वर रहेको ‘भ्रष्ट्राचारीलाई मुत्नेगरी हान’ बोलको तीज गीत सार्वजनिक भएको छ । भष्ट्राचारी नेतालाई मुत्ने गरी हान भन्ने गीतमा गायिका ज्योतीसँगै रामचन्द्र अधिकारी, शेर बहादुर गुरुङ, मोहन खत्री, भरत गुरुङ लगायतको रोचक अभिनय रहेको छ ।

देशको राजनीतिक र सामाजिक विषयवस्तुमा आधारित यो यो गीतमा तिलक वलीको शब्द, संगीत तथा एरेन्ज रहेको छ । महेश महराले खिचेको गीतलाई रविन विकले सम्पादन गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस