• २०७७ कार्तिक १५ गते शनिवार

आहा ! स्वर्गको एक टुक्रा अर्थात् भारतद्धारा अतिक्रमित नेपाली गाउँ कुटी

नेपाल र भारत पछिल्लो सीमा विवादपछि चर्चाको सतहमा आएका नेपाली गाउँहरु हुन् – गुञ्जी, नाबी र कुटी। वि.सं २०३५ सालदेखि भारतीय पक्षले कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेपछि यी तीन गाउँहरु पनि भारतको अधिनमा छन्।

उच्च हिमाली क्षेत्रमा रहेको कुटी गाउँ लिम्पियाधुराबाट नजिकै पर्दछ। यो गाउँ समुन्द्री सतहबाट ११ हजार ५ सय फीटको उचाईमा रहेको छ।
भारतले अहिलेसम्म भारत–चीन सिमानाको अन्तिम गाउँका रुपमा चित्रण गर्ने गरेको छ। भारतबाट अतिक्रमित नेपाली गाउँ कुटी पर्यटन र ऐतिहासिक हिसाबले महत्वपूर्ण मानिन्छ। कुटी गाउँ द्वापर युगका पाण्डवहरूसँग पनि सम्बन्धित रहेको बताइन्छ।

द्वापर युगमा पाण्डवहरु स्वर्गारोहण अघि लामो समयसम्म कुटी उपत्यकामा बसेको विस्वास गरिदैँ आएको छ। पाण्डवकी आमा कुन्तीलाई उपत्यका खुब् मन परेको र पछि उनैको नामबाट कुटी राखिएको जनविस्वास छ।

 

प्रतिक्रिया दिनुहोस