• २०७७ कार्तिक ८ गते शनिवार

गगन थापाले भने, ‘सरकार, अब अति भो !’

नेपालमा यतिबेला कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ। लकडाउन हटाएसँगै संंक्रमितहरु जिल्ला-जिल्ला सहजै हिँड्न थालेसँग संक्रमणको जोखिम ह्वात्तै बढेको छ ।

तर सरकारले यस्तोमा प्रभावकारी काम गर्न नसकेको युवा नेता गगन थापाले आरोप लगाएका छन् । शुक्रबार ट्‍वीटमार्फत् आक्रोश पोखेका गगनले कोरोना संक्रमण यतिबेला भुसको आगो झैं फैलिएको बताएका छन् ।

बुधबार बाहिर जिल्लाबाट काठमाडौं प्रवेश गर्नेहरुको नमूना स्वाब लिइ परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको थियो । यो सँगै काठमाडौं लगायतको क्षेत्रमा कोरोनाको जोखिम उच्च भएको जनस्वास्थ्यकर्मीहरुले बताइरहेका छन् ।

यस्तोमा सरकारले कोरोना परीक्षण नबढाएको र अस्पताल केन्द्रित तयारी समेत नगरेको भन्दै भने, ‘प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त !’

विगतमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका गगनले यो प्रवृत्ति विरुद्ध आवाज उठाउन आव्हान गर्दै भने, ‘बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ- सरकार, अब अति भो!’

प्रतिक्रिया दिनुहोस