• २०७७ कार्तिक ४ गते मङ्गलवार

दोहोरो नागरिकताको सच्चाई…!

यतिबेलाको नेपाल–भारत राजनैतिक सम्बन्धमा कुटनैतिक पहल अनिवार्य देखिन्छ । कुनैपनि दुईवटा राष्ट्रको समन्वय खराब परिस्थिति पुग्नु दुवै राष्ट्रको कुटनैतिक सम्बन्धको कमजोर पहलु हुन्छ । सम्बन्ध विच्छेद हुनुपुर्व क्रमशः राजनैतिक पहल, कूटनैतिक पहल, सामाजिक पहल, आर्थिक प्रतिबन्ध र अन्तिम चरण भनेको सैनिक परिचालन हुन्छ। अहिलेको नेपाल–भारत सीमावर्ती क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानी विवाद भारत नेपाल संबंध तोड्न आगोमा घिउको काम गरेको देखिन्छ।

तत्कालीन नेपाली शासक र भारतीय राजनेताहरुले गरेको सीमा सम्झौता कागजी नभईकन मौखिक तरिकाले गरेको छकी ? कम्तिमा MU (Matual Understanding) गर्नुपर्ने ठाउँमा कमजोर निर्णय गरियो ! अहिलेसम्म नेपालमा अमेरिकन कम्पनी MCC परियोजना राष्ट्र घातक देखियो। किन्तु चीन सरकारले नेपाल सरकारको स्वाधीनमा रहेको सगरमाथा चुचुरोको ६५०० मिटरमा 5G मोबाईल टावर बनाएको चीनको दादागिरी सहन गर्नु अवस्था आईपुग्यो भनिसकिन्छ! यता भारत संग सीमा विवाद चर्को हुँदै छ। यस्तोमा प्रवासी जनता आज दोहरो नागरिकता (Dual Citizenship) को देशद्रोही कानुन अन्तर्गत आतंकित छन्। सोशल मिडियामा दोहरो नागरिकताको दोहरी गीत गाउदै छन्। सबै साथीहरूले आ-आफ्नो समझदारी अनुसार आफ्नो विचार दोहरो नागरिकताको विषयमा राख्नु भएको छ। मेरो पक्ष आफ्नो जाने जत्तिकै अनि भुक्ते जत्तिकै भनिसकिन्छ।

सबै बुद्धिजीवी अग्रज साथीहरूको तर्क ठिक हो। किन्तु बुझ्नुपर्ने कुरो के हो भन्नू हुन्छ भने प्रवासी नेपालीले प्रवासमा बस्नको लागी चाहिने दस्तावेजको खांचो कुन तरिकाले सजिलोसँग हुन्छ योमहत्व राख्छ । प्रवासमा बस्ने प्रवासी नेपाली यता भारतमा आफ्नो बालबालिकालाई पढाई-लेखाई गराउन , रोजगार गर्न, व्यवसाय गर्न अथवा बस्न डेरा किन्नुपर्ने वा किरायामा डेरा लिनुपर्ने बेलामा भारतीय बसोबास गर्न प्रमाणको लागि दस्तावेज अनिवार्य खोज्छन् । दस्तावेजमा राशन कार्ड, बँक खाता, आधार कार्ड, चुनाव परिचय-पत्र, पेन कार्ड, बिजुली बिल र रसोई ग्यास बिल यिनी चारपाँचवटा दस्तावेज अनिवार्य छ। Biometric आधार कार्ड सहित अर्को दस्तावेज बच्चाहरुलाई शिक्षाको लागि आफ्नो रगत पसिना को कमाई जोर्नु बँकमा खाता खोल्नुपर्छ । कुनैपनि दस्तावेज कमी पर्यो भने हामी अपांग स्थितिमा हुन्छु। कुनैपनी सरकारी सुविधा पाउन गार्‍हो हुन्छ ।

हाम्रो नेपाल विविध कला – सांस्कृतिक र प्रकृतिको धनी हो । वातावरण दुषित नहोस् वा आर्थिक कमजोरीले नेपालमा कलकारखाना शुन्य भएको हुनाले कामदार विदेशतिर जान्छन्। नेपाल-भारतको ३१ जुलाई १९५० को मैत्री संधी अनुसार खुला सिमाना छन्। दुवै मुलुकका नागरिक रोकथाम नभई स्वतन्त्रस्वरुप आवक-जावक गर्छन्। कुनै Passport (राहदानी-पत्र) चाहिदैन।

नेपालबाट आएका धेरै नेपाली जनतालाई भारतले सबै चाहिने सरकारी प्रमाण पत्र उपलब्ध गराएको छ र नेपालले भारतबाट गएका प्रवासी भारतीयहरुलाई नेपाली नागरिकता दिएको सबैमा अवगत छ। यिनी सबै दस्तावेजलाई आधारभुत मानेको देखिन्छ। विडम्बना ५०/ ६० वर्ष देखि प्रवासमा बस्नुभएका कतिपय प्रवासी नेपालीले केहि कागजात बनाएको छैनन्। राष्ट्रियता र नागरिकता फरक हुन्..! तसर्थ अझैसम्म प्रवासी नेपालीसंग भारतीय नागरिकता छैन। माथी उल्लेख गरेको दस्तावेजहरु उपभोक्ता प्रमाण हुन्..।

भारत सरकारको नागरिकता भनेको भारत सरकारले पारित गरेको Pass- port अनि संघिय राज्यको मन्त्रालयले दिएको नागरिक पहिचान – पत्र हुन्छ। त्यो भएको हुनाले कुनै नेपाली दोहरो नागरिकता धारक छैन। यतिबेलाको भारतमा NRC मुद्दा नागारिकता पाउनु भारतीयहरुलाईनि पुरानों दस्तावेज चाहिने हो यसलाई बुझ्नुपर्छ। भारतमा १८० दिन बसोबास गरेको प्रमाण दियोभने आधार कार्ड पाउने प्रावधान भारत सरकारको कानुनी अधिकारमा उल्लेख छ। यिनै सबै कुरा सविस्तार बुझ्नु जरुरी छ। दुवै देशको १० बुन्दे संधीलाई आधार मानेर दुवैतिरका हाम्रा पुर्खाहरुको बसोबास, जन्मको आधारमा, शिक्षाको आधारमा नागरिकता दिएको छ।

भारतको विषयमा भन्नेहो भने भारतीय राष्ट्रियता भएका व्यक्तिले भारतको ऐन १९५५ अनुसार धारा ५ र धारा ११ अनुसार नागरिकता आवेदन गर्ने व्यक्तिको रगत नाता आमाबाबुको भारत स्वतन्त्र भएको पश्चात् संबिधान पारित भएको ५ वर्षको भारतमा बसोबास अनि नागरिकता शिनाख्त गर्नु मुचुल्का दिनुपर्छ। नेपालमा पनि हामी नेपालीलाई सबै दस्तावेज हुँदाहुँदै नागरिकता नलिनु सम्म नेपाली नागरिक भनिन्। अन्तर्राष्ट्रिय नियमले दोहरो नागरिकता लिनु गंभीर दंडनिय अपराध हो। तर यो नियम सबै देशमा लागू छैन। किन्तु भारत नेपाल यो कित्तामा पर्छ। सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने नियम हुनुपर्छ। अपितु नेपाल-भारतको संदर्भमा भन्ने हो भने सन् १९५० जुलाई ३१ को मैत्रीपूर्ण संधी अनुसार दुवै पक्षले द्विपक्षीय वार्तामा वैश्विक व्यापार, वैश्विक रोजगार, वैश्विक शिक्षा र स्वास्थ्यको सजिलो उदाहरण दिनु प्रवासी नेपालीहरुलाई नेपाली नागरिकतालाई आधारभुत मान्दै भारतको कुनैपनी बँकमा खाता खोल्नु अनुमतिपत्र दिएहुन्थ्यो। नेपाली नागरिकताको हैसियतले शिक्षा क्षेत्रमा भर्ना , कामकाजमा सहुलियत , स्वास्थ्यमा हेरचाह हुनु सहज हुनुपर्ने हो। नेपालबाट गोर्खा रेजिमेन्टमा भरती भएका जवानलाई भारतको केही प्रमाण नभएको भएतापनी सबै सुविधा उपलब्ध हुन्छ । यस्ता नियम दुवै देशमा बसोबास गर्नेहरुलाई कार्यन्वयन गर्नुपर्छ। तथापि कुनै देशको नागरिकता लिनु वा सरकारले दिनु कुनै खेल हैन..!

उपरोक्त दस्तावेज कुनै भारतिय नागरिकताको प्रमाण होइनन्। राशन कार्ड गरिबी रेखामुनिको परिवारलाई सस्तो दरमा अनाज पाउने प्रमाण पत्र, बँक खाता रगत पसिना एकगरेर कमायेको रकम सुरक्षित जोर्नुको लागि हो। आधार कार्ड Biometric पहिचानको लागि, पेन कार्ड भारत सरकारको अर्थ मन्त्रालयले दिएको Permanent Account Number (PAN Card), चुनाव परिचय पत्र भोट दिनु पहिचान पत्र, बिजुली बिल रशिद मात्र उपभोग बिजुली गरेको उपभोक्ता रशिद, रसोई ग्यास बिल ग्यास सब्सिटीमा लिनु प्रमाण, स्कुल लिविङ्ग सर्टिफिकेट उत्तीर्ण भएको प्रमाण हो।

संदर्भ : भारत सरकारले भारतियहरुलाई दिएको नागरिकता संशोधन बिलमा पारित गर्नु NRC र CAA को प्रस्तावित कानुन ल्याउदै छ । तसर्थ प्रवासी नेपालीले अतालिनु पर्दैन । विदेशनीति र दुतावासको ध्यानाकर्षण होस् ।
प्रतिक्रिया दिनुहोस