• २०७७ कार्तिक ८ गते शनिवार

कांग्रेस पार्टीमा आउनेलाई भेदभाव गरिँदैन – देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शक्ति एकजुट भएर लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर आएका सुनिलबहादुर थापालगायतका नेताहरुलाई पार्टी प्रवेशका लागि मंगलबार सानेपामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले प्रजातन्त्रका मूलभूत सिद्धान्तहरु संकटमा परेकाकारण लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिने पर्ने बताए ।

उनले थापाससँग मन्त्रिपरिषद्मा काम गरेको स्मरण गर्दै भने, “मैले सुनिल थापाजीसँग एकै क्याबिनेटमा काम गरेको हो । उहाँ राम्रो काम गर्न सक्ने मानिस हो । म धेरै खुसी छु उहाँ कांग्रेसमा आउँदा कोरोना नभएको भए ठूलै कार्यक्रम गरेर स्वागत गर्न हुन्थ्यो ।”

सभापति देउवाले राप्रपा परित्याग गरेर कांग्रेसमा आएका नेताहरुलाई कुनै भेदभाव नगरिने पनि बताए । “सबै प्रवेश गरेका साथीहरूलाई पूरा अधिकार छ । पार्टी बलियो बनाउन तपाईंहरुको भूमिका महत्वपूर्ण हुनेछ ।”

प्रतिक्रिया दिनुहोस