• २०७७ कार्तिक ४ गते मङ्गलवार

उत्तर कोरियामा पहिलो कोरोना संक्रमित भेटिएपछि संकटकाल घोषणा

उत्तर कोरियामा संकटकाल घोषणा भएको छ । पहिलो कोरोना भाइरसका संक्रमित पत्ता लागेपछि उत्तर कोरियाली नेता किम जोङ उनले आकस्मिक बैठक डाकी संकटकाल घोषणा गरेको त्यहाँको राष्ट्रिय समाचार एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि उत्तर कोरियाको राष्ट्रिय समाचार एजेन्सी केसीएनएले आइतबार विहान कोरोना भाइरसको संक्रमित पत्ता लागेको पुष्टि गरेको थियो । केसीएनएको रिपोर्ट अनुसार कोरोना संक्रमित व्यक्ति उत्तर कोरियामा १९ जुलाईमा गैरकानुनी तरिकाले प्रवेश गरेका हुन् ।

उत्तर कोरियामा गैरकानुनी रुपमा प्रवेश गर्ने ती व्यक्तिबारे अनुसन्धान गरी कडा सजाय हुनसक्ने केसिएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस