• २०७७ कार्तिक ६ गते बिहिवार

हामी जीवित छौं र त रोग लाग्छ !

भ्रम र हल्ला सबैभन्दा छिटो सर्ने सरुवा रोग हुन् । यहि भ्रम, हल्ला र कमजोर आत्मबलको कारण हामीलाई डर लाग्छ । डर जीवनबाट उत्पन्न हुँदैन, यो मनबाट उत्पन्न हुन्छ । हामीले भोलि केहि हुन्छ कि भनेर डर मान्छौं । डर जहिले पनि भविष्यको लागि गरिन्छ ।

जुन कुरा भएको छैन त्यो कुराको किन डर मान्ने ? अस्तित्व नभएको कुरासंग किन डराउने ?। हामीलाई कोरोना संक्रमण भएको छैन भने किन डराउने ? कोरोना संक्रमण भएको छ भने डराएर निको हुँदैन् । भोलिकै कुरा गर्ने हो भने भोलि जे पनि हुनसक्छ, केहि पनि नहुन सक्छ । जीवन भनेको दैनिक घट्ने घटनाको सिक्री हो ।

हामी जीवित छौं र त रोग लाग्छ । सुख, दुख, रिस, इर्श्या,डर आदि मनका भाव मात्र हुन् । भाव भनेको घटना होइन, बास्तबिकता होइन । मैले बुझेसम्म अहिले मलाइ कोरोना संक्रमण भएको छैन ।

मलाइ कोरोना संक्रमण भएर निको भएको हुनपनि सक्छ । मलाइ भोलि कोभिड लाग्न पनि सक्छ । कोरोना संक्रमण भयो भने म चिन्तित हुने छैन । आराम गर्नेछु, पुस्तक पढ़नेछु गीत सुन्नेछु, साथीहरुलाई फोन गर्नेछु, जे सम्भव छ त्यो खानेछु, जडिबुटी र मरमसला तातो पानीसंग खुब पेल्नेछु, ज्वरो आए सिटामोल खानेछु, खोकी लागे कफ सिरप खानेछु, कमजोरी महशुष भए डाइट खानेछ । हल्का व्यायाम गर्नेछु, योग र ध्यान गर्नेछु, दैनिक डायरी लेख्नेछु । यसो गर्दा गर्दै मेरो स्वाब टेस्ट गर्न प्राबिधिक आउनेछन् ।

अर्को दिन फोन गरेर भन्नेछन् । सर, बधाई छ तपाइंलाई, तपार्इले कोरोना जित्नुभयो । म छक्क पर्नेछु र मनमनै भन्नेछु । सुतेरै जितें यार कोरोनालाई । अनि फोन गर्ने मान्छेलाई भन्नेछु । कोरोना त जितें मैले, तर जित्नुपर्ने रोगहरु लाखौँ छन् ।

ती मध्ये कुनै रोगबाट मृत्यु भयो भने मेरो भौतिक देहबाट स्वाब निकालेर, परिक्षण गरेर तथा १० दिनपछि रिपोर्ट निकालेर कोरोना संक्रमणले फलानोको मृत्यु भयो भनेर नभन्नुहोला है । रोग जून सुकै होस त्यसको मुकाबला गर्न शिकौ रोएर, करायर, निराश भयर, आत्मबल कमजोर गर्नु हुदैन यदि आत्मबल कमजोर भयो भने डर निर्माण हुन छ डरले मानब लाई कमजोर गर्छ तसर्थ रोग संग डरनु भन्दा लढनु पर्छ ।

गणेश रिमाल अखिल भारत नेपाली विद्यार्थी मंचका राज्य समिति अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस