• २०७७ कार्तिक १५ गते शनिवार

वाह !! के हैसियत रहेछ विपन्नहरुको…?

विगत बुबाको पालामा म सानो हुन्दाखेर नेपालबाट आएका बाहुन, छेत्री बुवासंग मुम्बईमा भेटघाट गर्थे । बुवा वहाँहरुलाई “गोसाइँ वा बाबुसाहेब” भन्नुहुन्थ्यो ।

गोसाइँको अर्थ भगवान् हुने रहेछ ! अनि बाबुसाहेब भनेको रैती (रक्षक) हुनेगरी संबोधित गरिन्थ्यो । तिनीहरू मुम्बईमा मेरो घरमा बस्थे खानपिन गर्थे । तसर्थ म-मा जातिय छुवाछूत के रहेछ पलाउनु सकेन् ।

संदर्भ – मुम्बई घुमघाम हुन्थ्यो अथवा कसै दलित विपन्नले गाउँमा ॠण लिएको हुन्थ्यो शायद वसुलि गर्नु आउन्थेकी ? कतई बुवाले पनि ॠण लिएको थ्योकी ? हामी गाउँतिर गएको बेला तिनीलाई भेट्दा नचिन्ने गरि व्यवहार गर्थे । आफ्नो घरमा अलगै बसाएर खाना खुवाउन थिएन । त्योपनि समयमै पुग्यो भने नत्र काचो दाल चामल दिन्थे कतै घर बाहेरीतिरको ठाउँमा बनाएर खाउँ भन्थ्ये । कस्तो अथिती सत्कार…? वाह !! के हैसियत रहेछ विपन्नहरुको…? मुम्बई आएपछी सबैले हाम्रो घरमा हामीले पकाएको खाने ।

नेपालतिर गएपछि वास्तै नगर्ने । गोसाइँ भन्नू हाम्रा पुर्खाहरुको कति विवशता थियो । एवटा ईश्वरको दर्जा दिएन । यिनी विषालु सर्पहरुलाई । वि.सं. २०५० /५२ देखि महान जनयुद्ध जुन नेपाली जनताको भविष्य सुधार्नुको लागि काम्रेड प्रचण्डको नेतृव लडिरहेको थ्यौं प्रचण्डज्यु तबसम्म ठिक थियो । जुनसमय पुष्पकमल दाहाल भएन ब्राह्मणवाद हावी हुँदै गयो अनि जनैयुद्ध चरममा पुग्यो ।

मेरो भावार्थ मुम्बई आएका बाहुन छेत्री सामाजिक समानताको कुरो गर्ने ? अनि नेपाल पुगेपछी सिधै बाहुन छेत्री भइरहने प्रवृति ” ठूलो जाती ” … । प्रचण्डज्यु यस्तै पाहुना जस्ता मानसिक भएको बाहुन नेता हुन् … !

यस्ता विषालु सोच रहेका सर्पहरुलाई हकिगतमा नाग पन्चमीको हार्दिक शुभेच्छा …..।

प्रतिक्रिया दिनुहोस