• २०७७ कार्तिक १३ गते बिहिवार

दुःखको आँधी–बेहरीमा नि हाँसी जिउन सिकायौ आमा !

जति उचारण गरे नि थाक्दिन म आमा भनी
पाए अर्को जुनी फेरी जन्मु तिम्रै छोरी बनी ।

कसरी गरु तिम्रो बयान, कुन शब्दको लिउ सहारा
तिमी नै हौ मेरो आँखा अनि संसार जित्ने सहारा ।

पहिलो परिदृश्य मेरो आँखाको कसरी बिर्सन सक्छु
सिकायौं पहिलो तोते भाका कसरी यो ऋण तिर्न सक्छु ।

त्यहीं तोते बोली, ताते चाल निर्दोष मेरा स्पर्शमै रमाउथेउ
आफु भोक प्यासै बसी तिमी मलाई भर पेट खुवाऊथेउ ।

घुट्को पीइ पीडाको खुशी दिएउ अन्जुली भरि प्यारी आमा
दुखको आँधी–बेहरीमा नि हाँसी जिउन सिकायौ आमा ।

दर्दको पोखरीमा पोखिएर आफु तिमी भरेउ मेरो आँचल आमा
कठिनाइका कन्दरा फुटाइ सधैं जित्न सिकायौ प्यारी आमा ।

मेरो सद–गुरु, सद्भाव, सद–विचार अनि सद–सम्बाद तिमी
मेरो हर–स्वासको सैयामा संगालो बनी रहनेछौं सदा तिमी ।

जति उचारण गरे नि थाक्दिन म आमा भनी
पाए अर्को जुनी फेरी जन्मु तिम्रै छोरी बनी

कक्षा 10 – श्री गुरुकूल माध्यमिक विधालय ढकारी गाउँपालिका, अछाम

प्रतिक्रिया दिनुहोस