• २०७७ कार्तिक ४ गते मङ्गलवार

‘अहिलेका कम्युनिस्ट कमाउनिस्ट भए’

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेका कम्युनिस्ट कमाउनिस्ट भएको आरोप लगाएका छन् ।

नेकपाका संस्थापक नेता पुष्पलाल स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै उनले पुष्पलालले राजनीतिलाई जालझेलको रूपमा नलिइ सिद्धान्त, संगठन र संघर्षले निर्देशित जनताको मुक्तिको यात्राको रूपमा लिएको उल्लेख गरेका छन् ।

पुष्पलालको त्याग, सादगीपूर्ण जीवन, संघर्ष र सिद्धान्तप्रतिको निष्ठाबाट अहिलेका कम्युनिस्ट नामका कमाउनिष्ठ, भ्रष्ट, सिद्धान्तविहीन र नश्लवादी संकीर्ण चिन्तन भएका नेताहरुले सिक्न सकेको भए देश र जनताको अवस्था बेहाल हुनक्दैन्थ्यो भन्दै उनले अहिलेका कम्युनिस्ट राजनीति भ्रष्टाचार गर्ने र राज्यको ढुकुटी हजम गर्ने तर्फ आकर्षित एवम् उन्मुख हुने भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस