• २०७७ कार्तिक ४ गते मङ्गलवार

बर्मन बुढाको निधनले स्तब्ध बनायो : पूर्वसभामुख महरा

पूर्वसभामुख कृष्णबहादुर महराले बर्मन बुढाको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् ।

बर्मन बुढा २०४८ सालमा रोल्पा क्षेत्र नं. १ बाट तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट निर्वाचित हुँदा महरा सोही पार्टीबाट क्षेत्र नं. २ बाट विजयी भएका थिए ।

महराले लेखेका छन्, ‘बर्मन बुढा मगर एक कम्युनिष्ट आदर्श तथा अडिक र निडर व्यक्तित्वको रुपमा म उहाँलाई सधैं स्मरण गरिरहन्छु ।’

महराले बर्मन बुढाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस