नारायणी नदीमा पानीको सतह बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गण्डक ब्यारेजका सबै ढोका खुलिएका छन् ।
नारायणी नदीको सतह खतरामाथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको भारतको बिहारस्थित सम्पर्क तथा भूआर्जन कार्यालय वाल्मीकि नगरका सम्पर्क अधिकारी तारासिंह थापाले बताए ।
अहिले पनि नवलपरासीसहित ५ नम्बर प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।