• २०७७ कार्तिक ८ गते शनिवार

तिरुपति मन्दिरका पूर्व मुख्य पुजारीको कोरोनाबाट निधन

भारतको चर्चित तिरुपति मन्दिरका पूर्व मुख्य पुजारी श्रीनिवास दीक्षितुतुको आइतबार कोरोना संक्रमणका कारण निधन भएको छ।

उनी ७५ वर्षका थिए। बिहीबार उनलाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

हालसम्म तिरुपति ट्रस्टका १ सय ४० ब्यक्ति कोरोना संक्रमित भएका थिए। यसमा १४ जना पुजारी पनि समावेश थिए।

प्रतिक्रिया दिनुहोस