• २०७७ कार्तिक १० गते सोमवार

आफ्नो संस्कृति बचाउनुपर्छ !

विदेशी लुगा अपनाइ आजकाल
पुर्खौली लुगा भुल्दै गएम्
विदेशी संस्कृतिमा डुबेर आजकाल
बाबा–बाजेले बनाएको संस्कृति भुल्दै गएम्

कस्तो राम्रो सुहाउथ्यों
चौबन्न्दी चोली र फरियामा पहिले
कस्तो दिन देख्नु पर्यो आज
आफ्नै संस्कृति हराउदै गएको

पुर्खाहरुले बनाएको दौरा सुरुवाललाई
आज हामिले भुल्दै गएम्
त्यो असारमा गाइने गीतहरु
हाम्रो मनबाट निकाल्दै गएम्

कसलाई दोष दिनु
आफ्नु संस्कृति भुलेकोमा
कस्लाइ सम्झाउँ म
भन्दै संस्कृतिलाई त्याग्नु हुदैँन

जन्मदिने आमालाई त
सबैले याद गरिरहन्छन्
तर, किन भुलेका तिनै आमा ले दिएको शिक्षा
पुर्खा,संस्कृति र आमाले दिएको दीक्षा

अब त हामी जाग्नु पर्छ
आफ्नो संस्कृतिलाई बचाउनु पर्छ
बिदेशी बस्तु सबै हटाइ
पुर्खाहरुले बनाएका बस्तु चलाउनुपर्छ ।।

प्रतिक्रिया दिनुहोस