• २०७७ कार्तिक ४ गते मङ्गलवार

सहमति गरेको छैन, ओलीले मलाई झुक्याएर शितल निवास लगे- प्रचण्ड

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले परिबन्धमा पारेको बताएका छन् । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्ली महाधिवेशनको प्रस्ताव गरेका थिए । प्रचण्डले प्रतिबाद गरेनन् । प्रचण्डले कुनै वादप्रतिवाद नगरेपछि नेताहरूलाई ‘शङ्का’ लागेको थियो । नेताहरूलाई अविश्वास लाग्ने अर्को कारण पनि थियो– बैठक सकिएपछि प्रधानमन्त्रीसँगै प्रचण्ड लुसुक्क शीतल निवास लागे ।

बैठक सकिएर गठबन्धनका नेता भेट्लान् भन्ने अपेक्षा थियो । तर, सुटुक्क शीतल निवास हानिएपछि अविश्वास बढ्ने नै भयो । त्यतिञ्जेल बाहिर हल्लीखल्ली भइसकेको थियो, प्रचण्ड ओलीसँग लत्रिए । ओली र प्रचण्डको चोचोमोचोको पुनरावृत्ति भयो । बैठकमा माधव नेपालले असन्तुष्टि राखेको कुरा उनको सचिवालयमार्फत बाहिर आइरहेको थियो । त्यसले बाहिर साच्चै सहमति भयो कि क्या हो भन्ने भान पारेको थियो ।

राष्ट्रपति निवासबाट फर्किएपछि प्रचण्डपुत्री गंगा दाहाल (दाहालको सचिवालय सदस्य)ले फेसबुकमा स्ट्याटस लेखेर सहमति नभएको बताए पनि नेताहरू विश्वस्त हुन सकेका थिएनन् । प्रचण्डले आइतबार बिहानै खुमलटार बोलाएर आफूलाई झुक्याएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस