• २०७७ कार्तिक १२ गते बुधवार

‘कपाल मुण्डन गरिएका व्यक्त्ति भारतीय’

भारतको वाराणसीमा विश्व हिन्दु सेनाले बनारसमा जबरजस्ती कपाल मुण्डन गरिदिएका व्यक्त्ति नेपाली नभएको खुल्न आएको छ।

वाराणसी प्रहरीले उनी भारतीय नागरिक भएको पुष्टि गरेको हो। प्रहरीले भनेको छ ‘भिडियोमा देखाइएका व्यक्त्ति भारतीय नागरिक हुन्’ प्रहरीले भनेको छ ‘उनको जन्म वाराणसीमा भएको थियो र परिवारका मानिस सरकारी सेवामा छन्।’

हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेको थियो। ती व्यक्त्तिको कपाल मुण्डनपछि उनको टाउकोमा जय श्री राम लेखिएको थियो।

ती व्यक्त्ति भारतीय नभएको पुष्टि गर्दै वाराणसी प्रहरीले अहिलेसम्म ६ जना गिरफ्तार भइसकेको जनाएको छ। प्रहरीका अनुसार ती व्यक्त्तिले यस्ताे काम गर्नका लागि संगठनसँग पैसा लिएका थिए।

भिडियो भाइरल भएपछि प्रहरीले संगठनका अध्यक्ष र यसमा सामेलविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ गर्न खोजी सुरु गरेको थियो।

भिडियामा उनीहरुले प्रधानमन्त्री ओलीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी समेत दिएका थिए।

प्रधानमन्त्रीको ओली अभिव्यक्ति पराराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत खण्डन गरेपछि भारतीय पक्षले टिप्पणी गर्न आवश्यक नरहेको बताएको छ।

यसअघि अयोध्याका एकजना सन्तले धर्मादेश जारी गर्दै नेपालका सडकमा आफ्ना अनुयायी उतार्ने र एक महिनाभित्र केपी ओली सरकार ढालिदिने उद्घोष गरेका थिए।

प्रतिक्रिया दिनुहोस