• २०७७ कार्तिक ८ गते शनिवार

स्वीस बैंकमा प्रधानमन्त्री ओलीको ५५ लाख डलर

प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्यान्डस्थित स्वीस बैंक खातामा करोडौं रकम जम्मा रहेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ग्लोबल वाच एनलाइसिसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री ओलीलाई सो रकम चीनले दिएको उल्लेख गरिएको छ । चीनले बेलाबखत रकम दिन थालेकोले प्रधानमन्त्रीको सम्पति बढ्दै गएको पनि प्रतिवेदनमा भनिएको छ ।सो प्रतिवेदन रोनाल्ड ज्याकार्डले तयार पार्नुभएको हो ।

ओलीको बैंक खाता मिराबाउड बैंकको जेनेभास्थित शाखामा रहेको छ । बोउले भार्ड जर्जेज फेभवस्थित भवनमा सो बैंक रहेको छ । प्रतिवेदक ज्याक्वार्डले ओलीको खातामा ५५ लाख अमेरिकी डलर लामो समयदेखि जम्मा रहेको छ । ओली र उहाँकी पत्नी राधिका शाक्यलाई ५ लाख अमेरिकी डलर बर्सेनी आउने गरेको छ ।

पहिलो पटक ओलीले प्रधानमन्त्रीको पद सम्हालेका बेला तत्कालीन नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले ओलीलाई कम्बोडियाको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी लगाउन सघाउनुभएको थियो । यो सम्झौतामा ओलीका निकटका व्यापारी आङ छिरिङ शेर्पा सहभागी रहेको जनाइएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन सेन र चिनियाँ राजदूत बो जिआङेओको सहयोगमा ओलीको लगानी कम्बोडियामा सुरक्षित हुन पुगेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस