• २०७७ कार्तिक ११ गते मङ्गलवार

भगवान राम पनि नेपाली नै भएको ओलीको दाबी !

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन्।  नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए।

भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उहाँको भनाई छ। उनले भने, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले।’ अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो।’’

प्रतिक्रिया दिनुहोस