• २०७७ कार्तिक ९ गते आइतवार

ए मेरी मुना !

थाहाँ छ मलाई
यो कोरोनाको भयभीत समयमा
तिमी आफ्नै घरभित्र
परिवार संग दिन बिताइरहेकी छौ
तरपनि भनन्
तिमी कहाँ छौ?

मेरो फोटोको ग्यालरीमा
मुसुक्क हासिरहन्छौ
डाइल कलमा
तिमी नै अघि आइबस्छौ
अनि
आँखाको वरिपरि तिमी नै
नाचिबस्छौ
तर पनि सोध्दैछु
भनन् तिमी कहाँ छौ?

हो! यो समय
नजिकमा बसेर हात समाउँदै
गफ गर्ने समय पटक्कै होइन
अनि वाक्क लाग्दा
रिफ्रेस्मेन्ट हुन्
मुविहल जाने समय त झन् हुँदै होइन
तर
तिमी र म बिच त
कुनै लकडाउन लागेको छैन् नि होइन र?
भनन् तिमी कहाँ छौ?

हामीले
कहिले नछुट्ने कसाम खाएका
ती दिनहरुलाई
ती ठाउँहरूलाई
अनि
म आफैलाई मज्जाले सोधे
तर तिमीलाई कतै पाउँन सकिन
भनन् तिमी कहाँ छौ?

ए मेरी मुना
कतै हाम्रो सम्बन्धमा पनि
कोरोना त लागेको छैन?

प्रतिक्रिया दिनुहोस