• २०७७ कार्तिक ९ गते आइतवार

प्रशंसा !

न त झूटो, न साँचो
बस् सीधा-साधी प्रशंसा हुन्छ
प्रशंसा तब मात्र हुन्छ एक जनको
जब उसले अरुको मन छुन्छ।
***

घृणा-

घृणा, घृणा हो- प्रेम होइन!
चाहेर मात्र गरिन्दैन कसैलाई
घृणा तब गरिन्छ, जताभावी होइन
जब एउटाले अर्काको हक खोस्छ।
***

विश्वास-

धर्म नभएर कर्म हो!
नदेखेको चोर, बाबु समान मानिन्छ,
विश्वास भए सब थोक आफ्नो
नभए इश्वर पनि छ कि छैन, हेरिन्छ।
***

प्रेम-

माया-ममता र सम्झौता
अधुरो हुँदछ जीवन यी बिना
प्रेम छ, अनि नै छ सुन्दरता
नत्र कमल, गुलाफ,
सब बेकार बन्दछ।
***

सत्य-

स्थायी हुन्छ, क्षणिक होइन
तब त सत्यमेव जयते हुन्छ
सत्यलाई तौलने बहाना चाहिन्न
यो त सर्वोपरि सर्वव्याप्त हुन्छ।

प्रतिक्रिया दिनुहोस