• २०७७ कार्तिक १२ गते बुधवार

नेपाल न्यूज दैनिक अर्थात् प्रवासी नेपालीहरुको आवाज !

भारतबाट अनलाइन पत्रिका नेपाल न्यूज दैनिक डटकम प्रकाशन शुरु गरिएको खबरले हर्षित छु।

नेपाल न्यूज दैनिक पत्रिका प्रकाशन आरम्भ भएको दुई दशकपछि डिजिटल पत्रिकाको रुपमा अनलाइन संस्करणको रुपमा पाउँनु प्रवासी नेपाली तथा नेपालीभाषीहरुका लागि खुसीको समाचार हो।

प्रविधिको विकासले विश्व एउटा ‘ग्लोबल भिलेज’ बनेको छ। प्रवासी नेपालीहरुले जन्मभूमिप्रति गरेको योगदान, सहयोग र सहकार्य प्रशंसनीय छ। प्रवासी नेपालीका बिभिन्न गतिविधिसँगै तथ्यपरक समाचार र सही सूचना सम्प्रेषण गर्नका लागि अनलाइन परिवारलाई शुभकामना ब्यक्त गर्दछु।

नेपाल न्यूज दैनिक समाचार पोर्टलले स्वतन्त्र र खोजी पत्रकारिताको अभ्यास गर्दै विश्वव्यापी नेपाली समुदाय र नेपालको राजनीतिक तथा कुटनीतिक परिवेशसँग राम्रो सहकार्य गर्ने विस्वास समेत ब्यक्त गरेको छु। प्रवासी नेपालीलाई नेपाल र नेपालीसँग जोड्न nepalnewsdainik.com सफल बनोस् – मेरो बधाई तथा शुभकामना छ।

प्रतिक्रिया दिनुहोस