नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्रता दिन अपील गरेका छन्। उनले उद्धार र राहत प्रभावकारी बनाउन पनि तीनै तहका सरकारसँग आग्रह गरेका छन्।
विपद्को यो घडीमा उद्धार र खोजीकार्यमा एकताबद्ध भई जुट्न राजनीतिक दलका नेता-कार्यकर्ता, सामाजिक अभियन्ता तथा सुरक्षा निकाय तदारुकताका साथ परिचालन हुनु आवश्यक रहेको खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले केही दिनअघिबाट अविरलरूपमा परेको वर्षाका कारण विभिन्न जिल्लामा भएको धनजनको क्षतिले आफूलाई दुःखी तुल्याएको पनि बताएका छन्।