संसारको कुना कुना सारा तिमी पुग्यौ
डराकाछन देश सबै कस्तो जादु फुक्यौ ।
गोरो छौ कि कालो नै छौ छ के रुप रंग
घुमेकाछौ सबैको निंद बनाएर भङ्ग ।
हेर्दा हेर्दै देश सबै खाइ सक्यौ तिमीले
बेरोजगारी भयौं हामी तिम्रै कारणले ।
लकडाउन भित्र बस्नु पर्दा पागल भयौं हरे…
ऐले के खाउं हे कोरोना के खाउ छ भरै ।
नाम त तिम्रो कोरोना छ गर अब करुणा
कति बस्छौ काल तिमी हाम्रो संसारमा ।।