• २०७७ कार्तिक ९ गते आइतवार

‘ग्याङस्टर’ विकास दुवे प्रहरी कारबाहीमा मारिए

पुलिसको हिरासतमा रहेका उत्तर प्रदेशका ‘ग्याङस्टर’ विकाश दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन्। 

शुक्रबार बिहान कानपुर ल्याउने क्रममा उनको इन्काउन्टर भएको हो। बिहीबार उनी उज्जैनस्थित महाकाल मन्दिर परिषरबाट पक्राउ परेका थिए।

उनलाई उत्तर प्रदेशको एसटीएफले ‘ट्रान्जिट रिमाण्ड’ अन्तर्गत कानपुर स्थानान्तरण गरेको थियो। प्रहरीको गाडी बिहान कानपुर आउने क्रममा बाटोमा दुर्घटनाग्रस्त भएको थियो। 

गुडिरहेको गाडी एक्कासी पल्टिएपछि विकाशले प्रहरीको बन्दुक खोसेर हमला गर्न खोजेको सुरक्षाकर्मीको दावी छ। नाटकीय लाग्ने यो घटनामा प्रहरीले आत्मरक्षाका लागि उनलाई गोली हानेको बताएको छ। 

प्रहरीको दावी अनुसार अस्पतालमा उनको निधन भएको हो। उनको छातीमा गोली लागेको थियो। प्रहरीका अनुसार गाडी कानपुर नजिकै पल्टिएको थियो। 

विकाश दुबेको समूहले २ जुलाईमा ८ सुरक्षाकर्मीको हत्या गरेको थियो।

प्रतिक्रिया दिनुहोस