• २०७७ कार्तिक ४ गते मङ्गलवार

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त

शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा भएका छन्। क्षेत्रीलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको हो।

थापालाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगेका थिए। महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए। थापा र पाल एकै दिन सेवा प्रवेश गरेर बढुवामा पनि सँगसँगै थिए।

प्रतिक्रिया दिनुहोस