नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन्। नेकपा विवाद मिलाउन नेतालाई भेटघाटमा तिब्रता दिएको स्रोतको भनाई।
राजदूत होउ मंगलबार खनाल निवास डल्लु पुगेकी थिइन्। खनाल र राजदूत होउबीच कुराकानी भएको थियो। यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन्।