• २०७७ कार्तिक ६ गते बिहिवार

महाराष्ट्रमा जुलाई ८ देखि होटल तथा रेष्टुरेन्टहरू खुल्ने !

महाराष्ट्रमा ८ जुलाईदेखि होटल, रेष्टुरेन्ट तथा लजहरु खुल्ने भएका छन्। सोमबार महाराष्ट्र राज्य सरकारले थोरै कर्माचारी प्रयोग गरेर होटल, रेष्टुरेन्ट तथा लजहरु सुचारु गर्ने निर्णय गरेको छ।

महाराष्ट्र लामो समयदेखि बन्दाबन्दीमा हुदाँ, होटल तथा रेष्टुरेन्टहरुमा कार्यरत नेपाली कामदारहरु मर्कामा परेका छन्। महाराष्ट्र राज्य सरकारको होटल क्षेत्र सुचारु गर्ने निर्णयले नेपालीहरुलाई राहत महसुस हुनेछ।

प्रतिक्रिया दिनुहोस