• २०७७ कार्तिक ९ गते आइतवार

भ्रष्ट र अराजक राजनीतिबाट देशलाई मुक्त गर्न जरुरी देखिन्छ !

जनताले दिएको जनमतको कदर नगरेर पटक–पटक पार्टीको आन्तरिक विवादले देशलाइ बन्धक बनाएर राख्नु र जनताले दिएको जनमतको अपमान गर्नु जनताले गरेको अपेक्षा माथी सिधा सिधा धोका हो।

पार्टीको नाम एउटा नेताहरूका गतिविधि र काम फरक फरकले गर्दा देशले निकास पाउनुभन्दा पनि यीनिहरुले बन्धक बनाएइरहेका छन। बरु अलग–अलग भएरै सहि अराजकता, भ्रष्टताको राजनीति चुङुलबाट देशलाई मुक्त गर्न जरुरी देखिन्छ।

तपाईं २–४ जनाको आरामदायी कुर्सीको लागि ३ करोडो जनतालाई बन्धक बनाउन कतै मिल्दैन। तपाईंहरुले आफुले गरेका अपराधीक विषयहरुलाई राजनीतिको रङ दिएर १४ वर्ष जेल र १० वर्ष जङ्गल बस्नु भयो भन्ने छ। तर, देशको जनताहरु विगत २५र३० वर्ष देश जेलको झै जीवन बिताउन वाध्य गराउनुभएकोछ।

फेरि यदि जनता जाग्यो भने तपाईंहरु जेल र छिमेकीको ५ तारा होटेलमा होइन – जनता सिधा सुलिमा चढाउन वाध्य हुनेछन्। २०१५ सालको जनता होइन, आधुनिक युग २०७७ सालको जनता हुन्। हेक्का होस्। समय रह्दै विचार पु¥याएर देशलाई राजनीति बन्दकबाट मुक्त गराउनु नै उत्तम विकल्प हुनेछ।

प्रतिक्रिया दिनुहोस