सत्ताधारी दल नेकपामा अन्तरसंघर्ष चर्किएकाबेला चिनियाँ राजदूत होउ यान्छीले नेकपा वरिष्ट नेता माधव कुमार नेपालसँग भेटघाट गरेकी छिन्।
आइतबार साँझ कोटेश्वर स्थित नेपाल निवाशमा भएको भेट नेकपा विवादमै केन्द्रित रहेको जनाइएको छ।
भेटमा राजदूत यान्छीले नेकपाभित्र भइरहेको विवादबारे चासो राखेकी थिइन्।
नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राजदूत यान्छीले गरेको भेटलाई महत्वका साथ हेरिएको छ।
यसअघि पनि दुई अध्यक्षबीच विवाद बढेको बेला राजदूत यान्छीले भेटघाट गरेपछि तनाव मत्थर भएको थियो।