नेकपामा आ–आफ्नो पक्षधरका लागि सिँगौरी खेलिँदैछ। एकातिर कोरोना भाइरसको त्रासले जनता भोकै मरिरहेका छन्। समाजमा हुनेखानेहरुलाई दिन बिराएर बैठक बस्न र स्टार होटलमा निदाउन पुगेकै छ।
आखिर के–का निम्ति बिताउन खोज्दैछु – सामाजिक जीवन? सोच्ने बेला आएछ! नीति र सिद्धान्त उत्कृष्ट छ भन्ठान्थेँ त – यहाँ त नेताको देवत्वकरण नगरी सुखै रहेनछ।
अहिलेको भाँडाकुटी खेलाई अलि बढी भयो, कमरेडहरु! इमानदार कार्यकर्ता कुनै गुटको पछि लाग्न होइन नीति सिद्धान्त र कार्यक्रम लागू गर्न तल्लिन हुने गर्दछन्।
पार्टी फुट्यो भने केपी ओली र प्रचण्ड पक्ष होइन इमानदार नेता कार्यकर्ता निराश भएर बिदा हुनेछन्। जनतामाझ भ्रम छर्दै, बेमानीको पजेरो चढेर इमान्दारिताको बरखी बार्नुभन्दा त बिदा हुनै बेश होला है?