• २०७७ कार्तिक १२ गते बुधवार

जीवन भनेको खाक समान छ त्यसैले यसमा घमण्ड नगर !

महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रेरक भनाईहरु

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।

 दर्शन भय हो भने कविता सत्य हो ।

घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।

शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।

सुन भनेको हातको मैलो हो, आनन्द त त्यसमा छ जहाँ साग र सिस्नुखाँदा मिल्छ ।

संसार अँध्यारो समान हो ।

जीवन भनेको खाक समान छ त्यसैले यसमा घमण्ड नगर ।

मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ ।

प्रतिक्रिया दिनुहोस