• २०७७ कार्तिक १२ गते बुधवार

चितवनमा एक युवतीले गरिन् आत्महत्या

चितवनमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर एकजना युवतीले आत्महत्या गरेकी छन्। 

शनिबार राति पौने ९ बजेतिर भरतपुरको स्याउली बजारमा एकजना १९ वर्षीया युवतीले झुण्डिएर आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभास भट्टले जानकारी दिए।

उनका अनुसार भरतपुर महानगरपालिका घर भएकी ती युवतीले भरतपुरमा बसेर उनले ब्युटि पार्लर र अनलाइन व्यवसायको काम गर्दै आएकी थिइन्।

आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस