• २०७७ कार्तिक ६ गते बिहिवार

किनार चुम्छ किन घरि-घरि !

उदासिएको रहर मनको ।
वतासिएको प्रहर मनको ।।

किनार चुम्छ किन घरि-घरि,
अतासिएको नहर मनको ।।

वोकेर ल्याउंछ मायाको सागर
हतासिएको लहर मनको ।।

कोर्दैछ गजल श्रृंगार रसमा
यो मातिएको वहर मनको ।।

कहां हरायो खोज्दैछ “चिन्तन”
संहालिएको ठहर मनको ।।

प्रतिक्रिया दिनुहोस